रहिनन् बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठकि पत्नी !!

काठमाडौँ- बरिष्ट हस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ। सोमबार राति करिब १०.४५ बजे क्यान्सर पिडित श्रेष्ठपत्नी यशोदा सुवेदीले ६७ वर्षको उमेरमा संसार छोडेकी हुन् । २०३० सालमा कलाकार मदनकृष्णसँग अन्तरजातीय विवाह गरेकी यशोदा लामो समय देखि आन्द्रा, फोक्सो र मेरुदण्डको क्यान्सरबाट पिडित थिईन ।
श्रेष्ठ पत्नीको मृत्युको खबर बाहिरिए सँगै उनका शुभचिन्तक र चलचित्रकर्मीहरुले स्वर्गीय यसोदा प्रति श्रद्धान्जली ब्यक्त गर्दै कलाकार मदनकृष्ण श्रेष्ठलाई हौसला र हिम्मत राख्ने कामना गरेका छन। उनको पार्थिव शरीरलाई मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । स्वर्गीय यसोदाका यमन र सरना गरि २ सन्तान रहेका छन।