करिश्मा र रिना ले काजिश लाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

नेपाली लोकदोहोरीको सरक्षण र विकाश गर्नको लागी र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागी निरन्तर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बाेकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत आज बाट बजारमा आएको छ ।
विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागी लागिपरेका गायक विष्णु बन्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा मायाका जुहारी गीतमा रहेको छ । प्रेमका सर्वाेकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । जवानीको लोभमा परेका मायालुलाई कसरी प्रेममा पर्दछन । भन्ने कुरालाई रमाइलो पारामा समेटिएको छ । विष्णु बन्जाडेको शब्द सिर्जनामा सुर्य खड्काको सुमधुर संगित संयोजनमा ”कोइलीले गाउँछ ” मा मौलिकता दिइएको छ ।
चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ , करिष्मा ढकाल,रिना र राजेन्द्रले गीतमा अभिनय गरेका छन । मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशाबादी रहेको गायिका कल्पनाले बताइन । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन ।
हेर्नुहोस भिडियो: