रानी मुखर्जीलाई बोलाएर कपिल आफै पुगेनन् कार्यक्रममा

चर्चित कमेडियन कपिल शर्मा कमेडी नाइट विथ कपिलले निकै चर्चा कमाएको थियो । कपिल शर्माको कमेडी नाइट विथ कपिल केहि विवादका कारण बन्द भएको लामो समय पछी उनको नयाँ शो  ‘फेमिली टाइम विथ कपिल शर्मा’ गत साताबाट संचालनमा आएको छ  ।

उनको यो नयाँ शो पनि अहिले विवादमा फस्न सक्ने भएको छ  । उनले शोमा चर्चित नायिका रानी मुखर्जीलाई बोलाएर उनि आफै शोमा नपुगेको खबर अहिले निकै भाइरल बनिरहेको छ ।

रानी उनको फिल्म हिच्किको प्रमोसनको लागि सोमा पुगेकी थिन  । तर कार्यक्रम संचालक कपिल शर्मा नै कार्यक्रममा आइपुगेनन  ।

जसको कारण उनको प्रोडक्सन हाउसलाई करिब ३० लाख घाटा पुगेको छ  । भने कपिल अहिलेसम्म पनि नसुध्रिएको र यस्तो तरिकाले उनको नयाँ शो पनि बन्द हुन सक्ने सम्भावना रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।