फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि भागेर विवाह गर्ने ३ चर्चित बलिउड कलाकार

प्राय:हामीले बलिउड फिल्म हेर्दा होस् या कलिउड सधै फिल्ममा हिरो हिरोइनले परिवारको सहमति बिना भागेर विवाह गरेको देख्छौ ।
आज हामी तपाईहरुलाई बलिउडका चर्चित ३ जोडीका बारेमा बताउने छौ । जसले फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि परिवारको सहमति बिना भागेर विवाह गरेका छन् ।
जान्नुहोस् बलिउडका यी ३ जोडी जसले परिवारको सहमति बिना विवाह गरे ।

शम्मी कपुर र गीता बाली
‘रंगीन राते’ चलचित्रको सुटिङको क्रममा शम्मी कपुर गीता बालीको प्रेम टुसाएको छ । चार महिना डेटिङ पछि दुबैले बिबाह गरे । गीताको उमेर शम्मीको भन्दा धेरै थियो । त्यसैले कपुर परिवारले यी दुबैको बिबाहका लागि मन्जिुरी दिएन । १९५५ मा एक मन्दिरमा दुबैले बिबाह गरे ।

भाग्यश्री पटवर्धन र हिमालय दासानी
‘मैने प्यार किया’ अभिनेत्री भाग्यश्रीले २१ बर्षको उमेरमा बिबाह गरेकी थिइन् । हिमालय र भाग्यश्री एक अर्काेलाई मन पराउथे । भाग्यश्रीका आमाबुबाले दुबैको बिवाहका लागि सहमती जनाएनन् । दुबैले भागेर बिबाह गरे ।

शक्ती कपुर र शीवांगी कोल्हापुरे
१९८० देखि ८२ सम्म शक्ती कपुर शीवांगीले गुपचुप डेटिङ गरे । किनभने दुबैका आमाबुबालाई छोराछोरीको सम्बन्ध मन परेको थिएन । दुबैले १९८२ मा भागेर बिबाह गरे ।