इमरान हाशमी माथि स्क्रिप्‍ट चोरीको आरोप

बलिउडका चर्चित कलाकार इमरान हाशमी माथि स्क्रिप्‍ट चोरीको आरोप लागेको छ । बलिउड फिल्म ‘चिट इंडिया’को स्क्रिप्ट चोरी गरेको आरोप उनीमाथि लागेको हो ।

भारतीय चर्चित कम्पनि टि-सिरिज र इमरान हासमीको कम्पनिमाथि लेखक दिनेस गौतम र एक्टर इमरान जेदले संयुक्त रुपमा स्क्रिप्ट चोरीको आरोप लगाउदै प्रहरीमा निवेदन दर्ता गरेका छन् । उनीहरुले भनेका छन् उक्त फिल्म चिट इंडियाको स्क्रिप्ट आफ्नो फिल्म मार्कसिट संग हुबहु मिल्छ जुन २०१२ मै बनेको फिल्म हो र यो स्क्रिप्‍ट राइटर्स एसोसियशनमा समेत दर्ता रहेको छ ।

कथाकार र कलाकारले भने केहि समय पहिला महेस भट्टसंग भएको कुराकानी पछि यो बिषयमा काम गर्ने तय भएको थियो । तर महेस भट्टले हामीलाई पाखा लगाएर आफैले उक्त फिल्म बनाएका छन् । यो सरासर चोरी हो । हामीले जन्वारिमै केस दर्ता गरेका छौ र अब हामि उनीहरुलाई लिगल नोटिस पठाउछौ, उनीहरुले भने ।

केहि व्यक्तिहरुको भनाइ भने फरक छ, उनीहरु भन्छन यो सब पब्लिसिटी स्टन्ट मात्रै हो, किन भने फिल्मको स्क्रिप्टनै अहिले तयार भै नसकेको अवस्थामा कसरि चोरी भएको भन्ने ।

अहिले सम्म प्रोडक्सन हाउसले भने स्क्रिप्ट चोरीको बिषयमा कुनै प्रतिक्रिया दिएको छैन । फिल्मलाइ सामिक सेनले डाइरेक्सन गरेका छन् भने मुख्य कलाकार इमरान हाशमी छन् । फिल्मको सुटिङ फेब्रुअरी २०१९ बाट सुरुहुने हुनेछ।