ब्लाकको दोश्रो गीतमा आकाश र आँचलको रोमान्स (भिडियो हेर्नुस)

 

काठमाडौँ- चलचित्र ‘ब्लाक’को दोश्रो गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै चलचित्रका निर्माण टिमले ‘पल पलमा’ बोलको गीत सार्वजनिक गरेको हो। सुगम पोखरेलको सुमधुर स्वरमा सजिएको उक्त गीतमा अभिनेता आकाश श्रेष्ठ र आँचल शर्माको केमेस्ट्रीलाई निकै लोभ लाग्दो तरिकाले देखाईएको छ। डा. कविराज बान्तवाको शब्दले सजिएको उक्त गीतमा संगीत महेश खड्काको रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। यस भन्दा अघि छोडेको पहिलो गीत हिट भएसँगै निर्माण टिमले यो दोश्रो सामाग्री दर्शक सामु छोडेका हुन्।

प्रदीप श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा आश्मा पाण्डे निर्माताको रुपमा प्रस्तुत भएकी छिन्। यहि जेठ ११ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रमा चन्द्र पन्तको द्वन्द, मौनता श्रेष्ठको कथा, रामशरण उप्रेतीको छायांकन रहेको छ। प्रेम कथामा आधारित चलचित्रमा आकाश र आँचलका साथमा आयुष रिजाल, सुशील क्षेत्रि, धिरेन शाक्य, सुन्दर श्रेष्ठ, प्रिया रिजाल आदि कलाकारहरुको अभिनय रहेको छ।
भिडियो हेर्नुस :