सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्दै

सर्वनाम थिएटरले आफ्नो रंगयात्राको ३६ औं वर्ष प्रवेश गरेको अवसरमा सोमवारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने भएको छ ।

बेलायत, फ्रान्स, नेदरल्याण्ड, स्कटल्याण्ड, चीन, भारत, बंगलादेश, हङकङ लगायत १३ मुलुकका दर्जनौँ रंगकर्मी तथा कलाकार सहभागी हुने यस महोत्सवको उद्घाटन समारोह सोमवार आयोजना हुनेछ ।
अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव एप्रिल २ देखि ५ सम्म चल्ने छ ।