अनुष्कालाई भेट्न बिराट दिल्ली पुगे पछी

क्रिकेटर विराट कोहली तथा अभिनेत्री अनुष्का शर्मा दुवै निकै व्यस्त भए पनि एक अर्काको लागि समय निकाली रहेका हुन्छन ।

यसै क्रममा बिराट अनुष्का लाई भेट्न दिल्ली पुगेका छन् । सामाजिक सञ्जालमा विरुष्काका फ्यान क्लबमा शेयर भएको फोटोमा दुवै स्टार दिल्ली स्थित ब्रिटिश आयोग र्स्थित देखिएका छन् ।

अनुष्का सेतो टिशर्ट तथा कालो पाइन्टमा देखिएकी छिन् भने विराट ह्वाइट टिसर्टमा देखिएका छन् ।  पछिल्ला दिनमा अनुष्का आफ्नो आगामी फिल्म सुई धागोको शुटिङका लागि दिल्लीमा रहेकी छिन ।