पद्मावतलाई पछाडी पार्दै बागी २

टाइगर श्राफको मुख्य भूमिका रहेको एक्सन फिल्म बागी २ ले बक्सअफिसमा निकै राम्रो कमाई गरिरहेको छ  । फिल्मले पहिलो दिन घरेलु बक्स अफिसमा २५ करोडको कमाइ गरेको छ । यो रणवीर सिंह र दिपिका पादुकोणको फिल्म पद्मावतको रेकर्डभन्दा बढी हो ।
यो रेकर्डसँगै बागी २ यस वर्षको सर्वाधिक ठूलो ओपनर समेत बनेको छ । निर्देशक संजय लीला भंसालीको फिल्म पद्मावतले पहिलो दिन बक्स अफिसमा १९ करोडको कमाइ गरेको थियो ।