बाहुबली पछि सुपरस्टार महेश बाबूको धमाका

अभिनेता प्रभासको चलचित्र बाहुबली झैँ अब साउथको एक यस्तो चलचित्र रहेको छ जसले वर्ल्ड रेकर्ड बनाएको छ । भारतीय सिनेमाको सक्सेसफुल चलचित्रको चर्चा गर्ने हो भने चलचित्र “बाहुबली” को नाम सबैभन्दा पहिले आउने गर्छ ।

वास्तवमा हालै साउथ सुपर स्टार अभिनेता महेश बाबूको चलचित्र “भारत अने नेनु” को टीजर रिलीज गरिएको थियो । यस चलचित्रको टीजरले धमाका मचाउनुको साथै वर्ल्ड रेकर्ड नै बनाएको छ । टीजर विश्वमा दोस्रो सबैभन्दा धेरै मनपराइएको टीजर बनेको छ ।

यो टीजर दुनियाको सबैभन्दा धेरै मन पराईएको दोस्रो टीजर बनेको छ । अब छिट्टै नै महेश बाबू चलचित्र “भारत अने नेनु” मा देखिने छन् । भारतीय ट्रेड एनालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखे ,”यो दुनियाँको दोस्रो सबैभन्दा मन पराईएको टीजर बनेको छ, जसलाई करीब ६.५ लाख लाइक्स प्राप्त भईसकेको छ । अभिनेता महेश बाबू साउथको सुपरस्टार हुन् । उनको फ्यान फलोइङ र चलचित्रले सधै नै राम्रो प्रतिक्रियाको साथै दर्शकको मन जित्न सफल हुदै आएका छन् ।एजेन्सी