फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित

फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले जितेको छ ।

फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन् । भने जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जितेका छन् । उत्कृष्ट अभिनेत्री भने फिल्म ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले हात पारिन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न फान अवार्ड २०७३ मा उत्कृष्ट निर्देशक ‘गाजलु’ फिल्मका लागि हेमराज बिसी घोषित भए। २४ विधामा वितरण गरिएको अवार्डमा सर्वाधिक धेरै अवार्ड फिल्म छक्का पञ्जाले जितेको छ ।