जान्नुहोस फिल्म शत्रु गतेको ६ दिनको कमाई

चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ युनिटले ६ दिनको कमाई बक्स अफिस सार्वजनिक गरेको छ । वितरक बिके फिल्म्सका गोपालकाजी कायस्थ र मोफसलका लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा पत्रकार सम्मेलन आयोजना गरी फिल्मले गरेको कमाईबारे जानकारी दिएका छन् ।

६ दिनमा राजधानीमा ३ करोड २५ लाख माथि र मोफसलमा २ करोड ३७ लाखमाथि कमाई गरेको सार्वजनिक भएको छ । फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले बताएका छन् ।

प्रेस सम्मेलनमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई लगाएतको उपस्थित रहेको थियो । मह सञ्चारको ब्यनारमा निर्मित फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । भने फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका फिल्मलाई दिर्घ गुरुङले छायाँकन गरेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन् ।