कपिलकी पत्नी पनि फ्यामिली टाइम विथ कपिल शर्मामा पुर्न देखिने

कमेडियन कपिल शर्माको पछिल्ला दुईवटा शो कमेडी नाइट्स विथ कपिल र द कपिल शर्मा शोमा सुमोना चक्रवर्तीले शानदार अभिनय गरेकी थिन ।

दुवै शोमा सुमोनाले कपिलकी पत्नीको भूमिका निर्वाह गरेर दर्शकलाई निकै मनोरंजन गराएका थिए । कपिलको नयाँ शोमा पनि सुमोना देखिने भएकी छिन ।

कपिलले उनको नयाँ सोको नाम फ्यामिली टाइम विथ कपिल शर्मा राखेका छन् । अघिल्लो हप्तादेखि शुरू भएको यो सोले दर्शकबाट राम्रो सफलता प्राप्त गर्न सकेको छैन  ।

शो शुरू भएपछि कपिलका पुराना साथी अनि दादीको भूमिका निर्वाह गर्ने अली असगरले ट्वीट गरेर कपिललाई बधाई दिएका छन् । भने कपिलले पनि अप्रत्यक्ष रूपमा उनलाई शोमा फर्किन अनुरोध गरेका छन् ।