‘द भ्वाईस अफ नेपाल’ संचालन हुदै

विश्व चर्चित गायन रियालिलिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ संचालनमा आउने भएको छ । कार्यक्रम कान्तिपुर टिभीबाट प्रशारण हुने निर्माण संस्था एएनसी प्रोडक्सन एजेन्सीले जनाएको छ ।

शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्ने भएका छन् । असारबाट प्रशारण हुने भनिएको यो कार्यक्रम विश्व कप फुटबलको कारण साउनबाट प्रशारण हुने तयारी गरिएको एएनसीका अध्यक्ष प्रह्लाद सिंह महतले जानकारी दिएका छन् ।

उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहने छन् । सुशील नेपालले सञ्चालन गर्ने शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहेका छन् ।

‘द भ्वाईस अफ नेपाल’को विजेताले शिर्ष उपाधिका साथमा २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर पाउने छन् ।