नेप्टेू को आँखा छ चिम्रो” सार्वजनिक र गीतमा देखा परेनन् भिलने दयाहांग राई

प्रदर्शनको लागि तमतयार भएको सिनेमा नेप्टेू को तेश्रो गीत ‘आँखा छ चिम्रो’ सार्वजनिक भएको छ । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको यो गीतले पनि दर्शकबाट निकै राम्रो साथ् पाउने आशा गरेको छ ।

सार्वजनिक गीत ‘आँखा छ चिम्रो’ मा गायक बिषण राई र दिपा लामाको स्वोर रहेको छ गीतमा शब्द , संगीत भने नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ । गीतमा रोहित संगै बुद्धि तामांग हैट , अर्जुन गुरुङ र नायिका पुर्णिमा लामालाई फिचर गरिएको छ । यस गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
पोस्टरमा भएको ूहरियो डलर डलरले बिगार्यो कलर अब पैसा बर्शिने भयो बरररू बोलको सम्बाद निकै हिट छ र ट्रेलरमा भएको मायामा दाई न साई बोलको सम्बाद पनि निकै हिट छ । फिल्मलाई निर्देशक देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज , बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा किम्भेु को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ ।

हेर्नुहोस भिडियो: