‘मनाङ्गे नानी’ को फस्टलुक सार्वजनिक

काठमाडौँ- चलचित्र ‘मनाङ्गे नानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरि चलचित्रका निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको चलचित्रमा खुस बहादुर गुरुङको कथा,पटकथा, गीत, संगीत र निर्देशन रहेको छ भने श्रीकृष्ण फुयालको छायांकन रहेको छ। जनक गुरुङको द्वन्द रहेको चलचित्रलाई गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यहि बैसाख १४ गतेबाट देशभर प्रदर्शन हुन् लागेको चलचित्रको ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएको जानकारी पनि निर्माण टिमले दिएको छ। चलचित्रमा यस अघि ‘चिनो’ र ‘तिमि बिनाको जिबन’जस्ता चलचित्रमा नायकका रुपमा अभिनय गरिसकेका नायक भिम गुरुङको मुख्य भूमिका रहेको छ भने शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको पनि अभिनय रहेको छ ।