सलमानका साथमा प्रियंका र श्रद्धा

बलिउडका चर्चित नायक सलमान खान अहिले फिल्म ‘रेस ३’ को शुटिङमा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ को शुटिङ शुरू गर्ने भएका छन् ।

दबंगको तेस्रो फिल्मको काम सलमानले यसैवर्षको क्रिसमसको अवसर पारेर रिलीज गर्न तयारीमा रहेकका छन् । त्यसपछि उनले फिल्म ‘भारत’ र ‘किक २’ को शुटिङ शुरू गर्ने भएका छन् ।

‘भारत’ लाई अली अब्बास जफर निर्देशन गर्दै चाहन । भने उनले सलमान खानका साथ ‘टाइगर जिंदा है’ र ‘सुल्तान’ जस्ता ब्लकबस्टर फिल्म बनाई सकेका छन् ।

फिल्म ‘भारत’ ठूलो बजेटको फिल्म भएकाले लागत उठाउन यसको प्रदर्शन विदेशमा पनि राम्रो हुन जरुरी देखिन्छ । यसै कारण पनि निर्माण पक्षले अन्य बलिउडका कलाकारभन्दा बढी विदेशमा लोकप्रिय मानिएकी अभिनेत्री प्रियंका चोपडालाई लिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार,  प्रियंकाले ‘भारत’ नामक फिल्ममा अभिनय गर्नका लागि पारिश्रमिकको विषयले अन्तिम निर्णय गर्न बाँकी नै छ । निर्माण पक्षले दिने भनेको पारिश्रमिकभन्दा दुई गुना बढी प्रियंकाले पारिश्रमिक माग गरेकी छिन् । पारिश्रमिकमा कुरो मिले पछि आधिकारिक रुपमा अभिनेत्रीको नाम घोषणा गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा प्रियंकासँग श्रद्धाको पनि अभिनय रहने बताईएको छ । एजेन्सी