थारु लोककथामा आधारित ‘बुधनी’ अब नाटकको रुपमा मञ्चन हुदै

थारु लोककथामा आधारित ‘बुधनी’ अब नाटकको रुपमा मञ्चन हुदैछ  । उक्त नाटकलाई अनुप बरालले निर्देशन गर्दैछन् । भने

नाटक यही चैत १६ र १७ गते दाङदेउखुरीको वनगाउँमा रहेको बाल जनता उच्च माविमा प्रर्दशन हुने भएको छ । थारु लोककथा बुधनीलाई लेखक तथा पत्रकार कृष्णराज सर्वहारीले संकलन गरेका हुन् । भने नाटक बुक बस र सिर्जनालयले संयुक्त रुपमा मञ्चन गर्न लागेका हुन्।