‘डि’ सिने अवार्ड २०७५को दशौं संस्करणका लागि फिल्म दर्ता सुरु

‘डि’ सिने अवार्ड २०७५को दशौं संस्करणका लागि फिल्म दर्ता सुरु भएको छ । ०७४ को बैशाख १ देखी चैत्र ३० सम्म प्रदर्शनमा आएका नेपाली फिल्महरु अवार्डमा सहभागी हुन पाउनेछन् ।

यो अवार्ड फिल्मकर्मीले डि सिने अवार्डलाई प्रतिष्ठित अवार्डको रुपमा लिने गर्दछन । आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले दुईवर्ष लगातार उपत्यका बाहिर गरिएको अवार्ड यस पटक काठमाडौ गरिने बताएका छन् ।

डिजिटल प्रविधिमा निर्माण भएका फिल्मलाई प्रोत्साहित गर्न नेपाली फिल्ममा प्राविधिक गुणस्तरको बृद्धिमा सघाउ पुर्याउने उद्देश्यका साथ् २०६६ मा डि सिने अवार्डको स्थापना भएको थियो ।