कोहलपुर एक्सप्रेसमा ट्रेलर सार्वजनिक ३ अभिनेत्री दमदार अवतारमा (भिडियो)

काठमाडौँ- प्रतिक्षित चलचित्र कोहलपुर एक्सप्रेस को ट्रेलरको सार्वजनिक गरिएको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले सो सामग्री छोडेको हो यस अघि २ वटा गीत सार्वजनिक गरेर चर्चामा रहेको चलचित्रलाई अभिनेत्री केकी अधिकारीले पहिलो पटक निर्माण गरेकी हुन्। कमेडी जनरामा बनाईएको चलचित्रको ट्रेलरमा अभिनेत्रीहरु केकी, प्रियंका र ऋचाका साथमा बिनोद न्यौपानेलाई देखाईएको छ।

बिशाल भण्डारीको निर्देशनमा बनेको चलचित्रमा भद्र बहादुर शाही, देवीलाल न्यौपाने, शिब प्रसाद चौलागाई निर्माताको रुपमा रहेका छन यहि वैशाख १४ गतेबाट देशभर एकैसाथ प्रदर्शन हुने चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ।
हेर्नुहोस ट्रेलर: