डान्स रियालिटी सो ‘बुगी वुगी’प्रिमियर सो भोलि

डान्स रियालिटी सो ‘बुगी वुगी’को टेलिभिजन प्रिमियर सो चैत पन्ध्र गते बिहीवारबाट प्रशारण हुने छ । बुगी वुगी नेपालको लागि पहिलो अन्तराष्ट्रिय डान्स रियालिटी सो हो ।

भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले पहिलोपटक सुरु गरेको कार्यक्रमको फ्रेन्चाइजमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन् ।

बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको पहिलो एपिसोडमा देशभरबाट छानिएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आफ्नो नृत्य कला प्रस्तुत गदैछन् ।

बूगी वूगीलाई एलिन श्रेष्ठले निर्देशन गरेका छन् । भने बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा विभिन्न कन्ट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछन ।