जन्म दिनसँगै प्रर्दशनको तयारीमा राम चरणको फिल्म रंगस्थलम

दक्षिण भारतीयका चर्चित नायक राम चरण हिजोबाट ३३ वर्ष लागेका छन् । तेलेगु फिल्मका सुपरस्टार फिल्मी दुनियाँमा छिरेको १० वर्षमै आफ्नो राम्रो पहिचान बनाउन सफल नायक हुन् ।
उनलाई उनको पिताले जन्म दिन पहिलानै जन्म दिनको उपहार दिएका थिए । जुन उनले सोसल मिडियामा सार्वजनिक समेत गरेका छन् ।

२००७ मा प्रदर्शनमा आएको उनको फिल्म ‘चिरुथा’ले २२.०८ करोडको कमाइ गर्दै बक्स अफिसमा तहल्का मच्चाएको थियो ।

उनलाई फिल्मी बजारमा मास इन्टरटेनरको रुपमा चिनिन्छन । उनी पछिल्लो पटक २०१६ मा रिलिज भएको ‘ध्रुव’मा अभिनय गरेका थिए । उनले चिरुथा, मागाधिरा, ओरेन्ज लगाएतका चर्चित फिल्म दक्षिण भारतीयलाई दिसकेका छन्  । उनि फिल्म बाहेक समाज सेवामा पनि रुची राख्दछन ।
उनको फिल्म रंगस्थलम ३० मार्चबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ ।