अमिताभ बच्चनको निलो हात्ती १६ लाखमा बिक्री

बलिउड महानायक अमिताभ बच्चनको निलो हात्ती बिक्री भएको छ । उनको सो हात्ती १६ लाख रुपैयाँमा बिक्री भएको छ ।

मुम्बईमा एक महिनासम्म चलेको हात्ती मुर्ति परेडको लिलामीमा विभिन्न किसिमका हात्तीका मुर्ति राखिएको थियो । शनिबार राति बोल लगाउने क्रममा हात्ती १६ लाखमा बिक्री भएको  हो ।

विलुप्त हुँदै गएका हात्तीको सरंक्षणका लागि गठित एलिफेन्ट फेमिलीले १०१ हात्ती राखेर त्यसमा एउटा अमिताभ बच्चनको पनि राख्ने निर्णय गरेको थियो ।

हात्ती जसको उसले हात्तीमा लगाउने  रंग चुन्न पाइने थियो । त्यसै क्रममा अमिताभले निलो रंग चुनेका थिए । यो हात्तीलाई त्यसपछि विशेष रुपले सजाइएको थियो । एजेन्सी