‘उकालीमा अघिअघि’ बोलको गीत चोरीपछि फिल्म ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ

फिल्म ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ परेका छन्  ।

सम्झना फिल्मको गीत ‘उकालीमा अघिअघि’ गीत चोरी गरी आफ्नो फिल्ममा राखेको  उजुरी परेपछि ‘कृ’ का निर्माता सुवास गिरी पक्राउ परेका हुन् ।

सम्झना फिल्‍मका निर्माता शम्भु प्रधानले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले अनुसन्धानका लागि गिरीलाई पक्राउ गरेको हो ।
प्रतिलिपि अधिकार हनन् भएको दावी गर्दै क्षतिपूर्तिको मागसहित प्रधानले उजुरी दर्ता गरेका थिए ।
उप्रेति र सविन ‘एकतारे’ले लेखन तथा रन्जित गजमेरको संगीत रहेको यो गीतमा अल्मोडा राना उप्रेतिले रिमेक म्युजिक तथा उनकै स्वर रहेको  गीत फिल्म ‘कृ’ मा रहेको छ ।