अब बैशाख ७ मा नरेनको ‘स्वर्ग मेरो गाउँ’

माघ १२ गतेबाट पोस्टपोन्ड भएको अभिनेता नरेन खड्का स्टारर फिल्म ‘स्वर्ग मेरो गाउँ’ अब वर्ष २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ ।
विविध कारणले पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेपनि अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले जानकारी दिए ।
फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ ।

यस फिल्ममा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ । नरेनले ‘स्वर्ग मेरो गाउँ’ मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् ।
पवन गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त फिल्मको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।