फिल्म ‘चंगाचेट’को शुभमुहुरर्त सम्पन्न

मंगलबार काठमाडौंको चावहिलस्थित गणेश मन्दिरमा फिल्म ‘चंगाचेट’ शुभमुहुरर्त गरिएको छ । कास्ट एन्ड क्रिउले पूजाअर्चना गर्दै फिल्म छायांकनको जानकारी दिएका छन् ।

फिल्ममा ऋचा शर्मा, अर्पण थापा, परमिता राणा, रविन्द्र झा, माओत्से गुरुङ, आसिफ साह र सुरक्षा लगाएतका कलाकारहरु रहेका छन् ।

देशका आम युवाले भोग्नुपरेको वर्तमान जीवनलाई फिल्ममा देखाइने छ ।

यसअघि फस्टलभ, लुट, छड्के निर्माण गरेका माधव वाग्लेको यो अर्को प्रोजेक्ट हो । दर्शकलाई कमेडी जनरामा रुचि बढेको बताउँदै वाग्लेले आफूहरु सोही जानरामा काम गर्न रेडी भएको जनाएका छन् । जनकपुर, काठमाडौं र पोखरामा छायांकन हुने फिल्मलाई प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण गरिदै छ ।