सामाजिक सञ्जालमा गरिएको पोस्टका कारण ज्यान मार्ने धम्कि

बलिउडमा कुनै समय चर्चामा रहेका नायक उदय चोपडा अहिले बलिउडबाट टाढा रहेका छन ।

उनि बलिउडबाट टाढा भए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय रहेका छन् ।

उनले इन्टाग्राममा हालै गरेको एक पोस्ट अहिले चर्चाको विषय बनेको छ ।
उनको आफ्नो पोस्टका कारण उनि अहिले यस्तो समस्यामा परेका छनकी, उनलाई सामान्य नभएर उनि सहित उनको परिवारलाईनै मार्ने धम्कि आएको छ ।

इन्टाग्राममा केही समय पहिला ‘काम गर्नेवाला दुई हात प्रार्थनामा जेटेका छन् एक हजार हात भन्दा धेरै काम गरिरहेका छन् ।’भनेर लेखेका थिए । जसको कारण उनलाई ज्यान मर्ने घम्की आयो ।

उनको यो पोस्ट सन्देश दिने खालको पोस्ट नै उनको समस्याको कारण बनेको छ अहिले । धेरैले भने उनको यो पोस्टको समर्थन गरेका छन् ।