‘१२ मासे’को ‘ढिक्के फुली’ बोलको गीत सार्वजनिक

जयकिसन बस्नेत र पुजना प्रधान अभिनित फिल्म ‘१२ मासे’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘ढिक्के फुली’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । भने सागर खरेलको शब्द , कृष्ण पाण्डेको स्वर रहेको छ ।

शिव बिकको नृत्य निर्देशन रहेको भिडियोमा फिल्मका मुख्य कलाकार जयकिसान र पुजना फिचरिङ रहेको छ  ।

लय संग्रैला निर्देशित फिल्ममा प्रदिप पाठकको कथा तथा निर्माण रहेको छ। कमेडी जनराको फिल्ममा जय र पुजनासँगै मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), पुरण थापा, सोनीका बास्तोला, सबनम दाहाल, राधा श्रेष्ठ, प्रदिप पाठक लगायतको अभिनय रहेको छ । फिल्ममा बासु न्यौपानेको छायाँकन, अनन्त घिमिरेको सम्पादन रहेको छ।
हेर्नुहोस गीत: