अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको अप्रिल २ देखि ५ सम्म आयोजना हुदै

सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएको छ । सर्वनाम थिएटरले सन् २०१८ अप्रिल २ देखि ५ सम्म अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएको हो । विगतमा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव आयोजना गरेको सर्वनामको नाटक महोत्सवमा बेलायत, फ्रान्स, भारत, बङ्ग्लादेश, हङकङ, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्ड लगायतका देशले सहभागिता जनाउने सर्वनाम थिएटरले जानकारी दिएको छ । नाटक महोत्सवमा नेपाली नाटकहरूको पनि प्रस्तुती रहने छ ।

करिब एक दर्जन देशका तीन दर्जन रंगकर्मीको सहभागीता हुने महोत्सवमा रंगमञ्च सम्बन्धी अन्तर्रक्रिया, छलफल तथा कार्यशाला पनि गरिने सर्वनामका निर्देशक अशेष मल्लले बताएका छन् ।

नाटक प्रस्तुतीका साथै उत्सव अवधिमा विश्वकै प्रख्यात निर्देशकहरूबाट नेपाली रंगकर्मीहरूका साथ तालिम तथा कार्यशाला पनि आयोजना हुने समेत कार्यक्रम रहेको छ ।

चारदिन हुने यो महोत्सवमा १३ वटा नाटकहरू मञ्चन हुने तय भएको शाहले बताएका छन् । बिहान ११ बजेदेखि सुरुहुने नाटक महोत्सवमा दिनमा तिनदेखि पाँचवटा नाटक मञ्चन हुने छ ।