नायिका सँगै अब लेखिका पनि:अभिनेत्री कट्रिना कैफ

बलिउड चर्चित नायिका कट्रिना कैफ अब नायिकामात्र नभएर चाँडै लेखिका बन्ने भएकी छन् । कट्रिनाले  आफ्नो बलिउड यात्रा समेटेर एक पुस्तक लेख्ने योजना बनाएकी छन् । एक अन्तरवार्तामा बोल्दै उनले चाँडै पुस्तक लेख्ने बताएकी हुन् । कट्रिनाले भन्दा अघि  ट्विंकल खन्ना, शिल्पा शेट्टी र दीपित् नवल लगायतका नायिकाहरुले पुस्तक लेखिसकेका छन् ।
सन् २००३ मा फिल्म ‘बूम’ बाट करियरको शुरुवात गरेकी कट्रिनाले पुस्तकमा अहिलेसम्मका भोगाईहरुलाई समेटेर पुस्तक लेख्ने भएकी हुन् । उनले शुरूवातमा खराब हिन्दी र अभियनका कारण अत्यन्तै आलोचनाको सामना गर्नुपरेको थियो ।