टाइगर श्राफले दिए नेपाली दर्शकलाई आउदै गरेको नयाँ वर्ष २०७५ को शुभकामना

बलिउडका चर्चित नायक टाइगर श्राफले नेपाली दर्शकलाई आउदै गरेको नयाँ वर्ष २०७५ को शुभकामना दिएका छन् । भिडियोबाट उनले र अभिनेत्री दिशा पटानीले समेत नयाँ वर्षको कामना व्यक्त गरेका हुन् ।

आगामी शुक्रबार रिलिज हुन लागेको फिल्म ‘बागी २’हेर्न समेत आग्रह समेत गरेका छन् ।
फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।

बलिउडको बहुप्रतिक्षित फिल्म  ‘बागी २’को ट्रेलर सार्वजनिक भइसकेको छ । २ मिनेट ४५ सेकेण्डको ट्रेलरमा टाइगर र दिशाको केमेस्ट्री, एक्सन  देखाईएको छ ।

अहमद खानले निर्देशित फिल्ममा टाइगर र दिशाका अलावा रणदिप हुड्डा, मनोज वाजपेयी र प्रतिक बब्बरको मुख्य  भूमिका रहेको छ । फिल्म ३० मार्च देखि प्रदर्शनमा आउदैछ ।

हेर्नुहोस ट्रेलर: