“प्रेम कतिलाई गरियो लेखाजोखा नै गरिएन”- नविन पौड्याल (लोक गायक)

नेपाली लोक दोहोरी क्षेत्रका एक हस्तिा जो नेपालको चारै दिशाका स्टेज कार्यक्रमा प्रस्तुती दिन भ्याउछन् । नेपाली लोक संस्कृति झल्कने, समाजमा व्यप्त घटनाक्रमलाई टपक्क टिपेर सिर्जना मार्फत बजारमा ल्याउन माहिर लोक गायक नविन पौड्याल संग फिल्मिजुम डट कम कि तुलसा कार्कीले गरेको कुराकानी – 

 

पाल्पा जिल्ला बग्नास्थाली गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका  गायक नबिन पौडेल गीत संगीत क्षेत्रका निकै सक्रिय हस्ति हुन् । बाल्यकाल देखिनै सांगीतिक क्षेत्रमा अत्याधिक रुची राख्ने बताउने उनि सानो छदा कतै गीत बज्योकि , कतै साँस्कृतिक कार्यक्रम भयोकि स्कूल परिवारका सदस्य शिक्षक कसैको कुरा पनि नसुनी दौडने गर्दथे स्नातक सम्मको अध्यन गरेका पौडेल गीत संगीतनै उनको दुनिया संसार रहेको बताउछन । साधारण जीवन शैली रुचाउने उनि गीत संगीतबाट आफुलाई संसार सामु १७५ वटा देशमा गायक नविन पौडेल भनेर चिनिने उनको चाहना रहेको बताउछन्  ।नपुगेको ठाउँमा पुग्न चाहने ,नचिनेककालाई आफ़ु गायक नविन गीत संगीत क्षेत्रका बादशाह भनेर चिनाउन चाहन्छन । प्रेमको सम्बन्धमा फिल्मीजूम सँग कुरा गर्दै भन्छन, जीवनमा प्रेम कतिलालाई गरियो लेखा जोखा छैन, भन्दै संसारनै प्रेम भन्दै परिभाषित गर्दछन्। बौहिक सम्बन्धको बारेमा अचानक भाविले जुराएको केटी संग बैबाहिक बन्धनमा बाधिएको बताउने उनले पन्ध्र बर्षे बैवाहिक यात्राका क्रममा एक छोरा र एक छोरीका धनी बनिसकेका छन् ।

आफ्नो लाईफ स्टाईललाई दर्शकको चाहना अनुसारनै बदल्ने गरेका उनले दर्शक माझ  दर्शकले जसरी हेर्न चाहन्छन त्यहि अनुसारको गेटअप गर्ने गरेका बथाउछन् । “म अझै गीत संगीतको क्षेत्रमा पोख्त भईसकेको छैन । दर्शकले नबिन पौडेल  लोकगीत क्षेत्रको  बादशाह भनेर भन्छन । तर अझै  धेरै गर्न बाकि छ ” – उनी थप्छन् । समाज सापेक्ष्य,समाजमा जे भइरहेको त्यो सबै उनको गीतमा रहेको छ । लोक गायक भनेको समाजमा जे भइरहेको छ त्यसलाई टपक टिपेर गीतमा उतार्न सक्नु पर्छ । त्यति मात्र हैन लोक गायक गायिका भनेको समाजको ऐना हो । समाजको यथार्थतालाई टपक टिपेर गीतमा उतार्नसक्नु पर्छ। हो यहि भनाईलाई मध्य नजर राखेर हेर्ने हो भने लोक गायकको पखरी गुथिरहदा नविनको मामलामा भने पक्कै पनि न्याय हुनेछ ।

“पल्ला घरका जेठा जुले आइए बिहे बढ्छन ,हाम्रा घरका नामर्दहरु भडयांग चड्दा लड़छन “महिला माथि अन्याय अत्याचार नगरौ महिला पनि समाजका प्रमुख अंग हुन् । भन्ने खालका गीत गाएर समाज मा चेतना फैलाउने खालका गित बजारमा ल्याएका छन् ।उनले औपचारिक रुपले २०५४/५५ सालमा ‘नरोऊ धर्केर फर्की आउछु लहुरै गए पनि बस पर्खेर’भन्ने यथार्थपरक गीत रेडियो नेपाल मार्फत सार्वजिक गरेका थिए  । ३६५ दिनमा ३६५ दिनै उनि निकै व्यस्त रहेको बताउछन । र यसको सम्पुर्ण श्रेय देशवासी र अझै बढि श्रेय फिल्मीजूम जस्तो मिडिया रहेको बताएका छन् । उनि भन्छन, :संघर्षले मान्छेलाई लडे पछि उठाउन सिकाउछ, संघर्सलेनै मान्छेलाई सिदा बाटो हिड्न प्रेरितगर्छ ।”औपचारिक रुपमा गीत गाउन थाले, त्यति  बेला नसुनाउने ठाउँ थियो, नकसैले सुनिदेला भन्नेनै  थियो । गाएका गीतहरु प्रसारण नहुने हो कि भन्ने डर थियो । त्यो अवस्थालाई पनि उनले आत्मसाथ गर्दै आज यहाँ सम्म आइपुगेको बताउछन ।

गुनासो

पछील्लो समयमा भल्गर गितलाई दर्शकले बढी हेरीदनिे गरेको र राम्रा सिर्जना र सर्जकहरु पछाडी पर्ने गुनासो पनि पोख्छन् ।

महोत्सवमा पस्कने गित

अहिले हुने मेला महोत्सवमा जाने गीत गाउने अनि अर्को वर्ष सोहि ठाउँमा गएर पहिलाको गीत गायो भने नबिनले पुरानो गीत  गायो भन्ने अवस्था रहेको छ । त्यस कारण नयाँ गीत गाउनु पर्यो । र ३र४ करोड जनसंख्यामा लोक दोहोरि सुन्ने १ करोड होलान । त्यसमा पनि सुन्ने ५० हेर्ने ५० । सबै भन्दा पहिले अहिले हेर्नेको लागि गीत गाउनु पर्छ । किनकी त्यो हेर्ने मान्छे अहिलेका युवा पुस्ता रहेका हुन्छन । र त्यो हेर्ने गीत बनाउन ३ लाख खर्च हुने । र आम्दानी ३ पैसाको हुदैन ।यो अवस्थमा लोक गायकहरुलाई निकै गारो हुने र अब कति दिन टिक्ने हो त हामी यो नाम कहिले सम्म रहने हो त, हो त्यो अवस्थामा रहेको गायक नविन पौडेल बताउछन । यतिकै टिकिरहन सकिएमा भाग्य मानि भईन्छ ।

संगित क्षेत्रको गुरु

आमा वुवाले जन्माउनु भयो, हुर्काउनु भयो, बिचमा रामकृष्ण खनाल, लोक दोहोरि सस्थांनलाई मेरो सफलताको श्रेय जान्छ । जसका कारण पहिला फलानोका छोरा भनेर चिनिन्थे भने अहिले गायक नबिन भनेर चिनिएको छु ।

आबद्द संस्था

लोकदोहोरि सस्थानका केन्द्रिय सदस्य , अन्तरास्ट्रिय कलकार मंचका  उपादश्य पर्फमर्स सोसाइटी अफ नेपालका देखि लिएर बिभिन्न गीत संगीत क्षेत्रमा रहेका संघसस्थाका सदस्यका रुपमा रहेको छु ।

बको योजना र चाहना

चाडैनै बिभिन्न अमेरिका युके बेलायत लगाएतका देशहरुमा जाने उनको योजना रहेको छ । देशले विभिन्न बिदाका सम्मानबाट सम्मानित हुने चाहना रहेको छ।  नविन पौडेल हाम्रो कलाकार राम्रो कलाकार भनेर सधै समाज माझ चिनिने चाहना रहेको छ ।