सुपर डान्सर २ को उपाधी शर्मालाई, असफल भए थापा

सोनी टेलिभिजनबाट ‘सुपर डान्सर २’ मा नेपालीमै भोटका लागि आग्रह गरे पनि आकाश थापा विजेता बन्न असफल भएका छन् । बालबालिकाको डान्स रियालिटी सोको फिनालेमा देहरादुनका थापाले नेपालीमै ‘मलाई भोट गर्नुहोला’ भनेका थिए ।

उत्कृष्ट प्रदर्शन गर्दै आएका थापा शीर्ष ४ प्रतिस्पर्धी रहेका थिए । उत्कृष्ट नृत्य देखाएका थापा भोटिङमा पछाडी परेका हुन् । सुपर डान्स टूको फिनाले आकाशका समर्थकहरु लवेदा सुरुवाल र ढाका टोपीमा सजिएर गएका थिए ।

प्रतियोगिताको विजेता विशाल शर्मा । १२ वर्षीय शर्मा आसामका हुन् । शीर्ष चार फाइनलिस्टमा शर्मासँगै ऋतिक दिवाकर, वैष्णवी प्रजापती, आकाश थापा भिडेका थिए। लाइभ भोटिङको व्यवस्था गरिएको रियालिटी सोमा ३ करोड ४० लाख भोट ल्याउँदै शर्मा विजयी बनेका हुन्। शर्माले १५ लाख भारु पाएका छन् ।