काठमाण्डाैबाट हतारिएर निस्केका प्रदिप सहित लिलिबिली टिम पुगेन पाेखरा,सामना गर्याे यस्ताे दुखद क्षण

अगामी चैत्र ३० गते बाट प्रदर्शन हुने चलचित्र लिलिबिलिको प्रोमोस्नल टुर भन्दै यतिबेला फिल्म युनिट मोफसल दौडाहामा छ । पोखराबाट सुरुवात गरिएको उक्त फिल्मको प्रोमोसनल टुरको ईभेण्टकै सुरुवातमै आज दर्शक नराम्रो तरिकाले झुकिएका छन ।
नायक प्रदिप खड्काको प्रस्त्तुती हेर्न हजारौ पोख्रेली दर्शकहरुको भिडले सभागृह मिड्टाउन अगाडीको क्षेत्र भरिएको थियो ।

तर विडम्बना मौसमको समस्यालाई देखाएर प्रदिप खड्काकै उपस्थिति रहेन कार्यक्रममा । उद्घोषकले समेत अब आउदै हुनुहुन्छ प्रदिप खड्का भनेर बोल्दा अत्यन्त उत्साहित थिए दर्शक । कार्यक्रमको अन्तिम सम्म पनि प्रदिपको उपस्थिति नभएपछि दर्शकहरु निरास हुँदै फर्किनु पर्याे ।

उता आजनै एउटा गित रिलिज गरेर हतार गरि पत्रकार संग साक्षात्कर गर्न नभ्याउने भन्दै हतारमा काठमाण्डाैबाट निस्केकाे लिलिबिलि टिम कार्यक्रममा उपिस्थत नभए पछि दर्शक आक्राेशित बनिरहदा प्रदिपले भने फोन बाट दर्शकसङ्ग उपस्थित हुन खोज्दा खोज्दै पनि मौसम परिवर्तनका कारण उपस्थित हुन नसकेकोमा क्षमा मागेका थिए। “म , जसिता गुरुङ्ग , प्रताप दासको टिम विमान मार्फत आएका थियौ तर अचानक मौसम खराबीका कारण प्लेन ल्याण्ड हुन सकेन अनि हामी चढेको विमान काठमाडौं फर्कियो उनले भने दर्शकहरुको अत्याधिक माया पाएको छु मलाई थाहा छ तपाईहरु दुखित हुनुहुन्छ यस प्रती तपाईंमा परेको असुविधा का लागि क्षमा माग्दै अनुकुल समय मिलाएर अर्को पटक अवश्य आउने छु ।”

पोखराका लोकल आर्टिस सङ्गै कलाकार सोनिका रोका ,नेपाली तारा सिजन ३ कि टप २० मा पर्न सफल गायिका मेचु धिमाल लगायतको प्रस्तुती रहेको उक्त कार्यक्रमको व्यावस्थापन राम्रो नहुदा उक्त समस्या देखिएको दर्शकहरुको गुनासो थियो ।

मिलन चाम्सको निर्देशनमा प्रदिप खड्का सहित प्रीयंका कार्की, जसिता गुरुङ्ग , अनुप विक्रम शाहीको अभिनय रहेको फिल्मको प्रोमोसनल टुर पोखरा हुँदै नारायण गढ , इटहरी , दमक ,धरान र काठमाडौंमा हुने युनिटले जनाएकाे थियाे ।
“हामि पाेखरा बिमान स्थलमा खराब माैसमका कारण एक घण्टा पाेखराकाे आकाशमा हाेल्ड हुन पर्याे फेरि काठमाण्डाैमा पनि एयर ट्राफिकका कारण डेढ घण्टा हाेल्ड हुन पर्याे हाेसबास नै हरायाे” निर्देशक मिलन चाम्सले फिल्मिजुम संग भने ।
अब लिलिबिलिकाे पाेखरा टुर पुर्णत क्यान्सील भएकाे छ भने भाेली नारायणघाट जाने टिमकाे याेजना छ ।