श्रीमतीका लागि अटो चालक बने अक्षय कुमार

बलिउड होस् या हलिउड यहाँ कलाकारहरु निकै ब्यस्त रहने गर्द्छन् । यिनीहरु सँग आफन्त परिवार र साथी भाईहरुको लागि निकै कम समय भन्दा पनि समयनै हुदैन भन्दा फरक नपर्ला । तर, हालै बलिउड अभिनेता अक्षय कुमारले आफ्नी श्रीमती ट्विंकल खन्नालाई अटोमा राखेर घुमाएको फोटो सार्वजनिक भएको छ । यो फोटो सार्वजनिक भएसँगै भने कलाकारहरुसँग परिवार, आफन्तहरुको लागि समय हुन्न भन्ने सोच गलत सावित भएको छ ।

आइतबार बिहानै अक्षयले श्रीमतीलाई अटोमा राखेर घुमाएका हुन् । अक्षयकी श्रीमती खन्नाले आफूहरु अटोमा घुमेको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन् । सो फोटोमा अक्षयले अटो चलाएका छन् । भने खन्ना पछाडि बसेकी छिन ।

सामाजिक सञ्जालमा सो फोटो शेयर गर्दै खन्नाले लेखेकी छिन ‘मेरो पर्फेक्ट आइतबारले जो कोहीलाई पनि पागल बनाउन सक्छ । बिहान ४ बजे उठेर आधा घण्टासम्म बिना बाधा केहि कुरा लेख्नु, पुन केहि समय पश्चात आफ्नो कुकुरसँग खेलेर आफ्नो क्युट रिक्शा ड्राइभरसँग मोज गर्नु त्यो पनि ९ बजे भन्दा पहिले नै ।’