‘लोकदोहोरी प्रतियोगिता २०७४’ चैत्र १३ गतेबाट

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यो बर्षको राष्ट्रिय स्तरको दोहोरी प्रतियोगिता यहि चैत्र १३ गतेबाट आयोजना गर्ने भएको छ । काठमाण्डौको भृकुटी मण्डप स्थित आयोजना हुन लागेको उक्त प्रतियोगिता चैत्र १७ गते सम्म चल्नेछ ।

५० हजार दर्शकलाई कार्यक्रम अबलोकन गराउने लक्ष्य रहेको उक्त प्रतियोगितामा यो बर्षबाट खुल्ला रुपमा देशभरीक प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजकले आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

प्रतिष्ठानका सल्लाहकार एवम पूर्व अध्यक्ष,केन्द्रिय पदाधिकारी र वर्तमान केन्द्रिय कार्यसमिती निर्णायक मण्डलमा रहने बताईएको छ  ।
लोकदोहोरी क्षेत्रका प्रतिष्ठीत व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा प्रतियोगिहरुको श्रेणी मापन गर्ने बिभिन्न उपायहरु बताउदै बरिष्ठ लोक दोहोरी सर्जक रमेश बिजिले कार्यक्रममा भव्य र सभ्य बनाउन सम्पुर्णलाई आग्रह गरे ।

त्यस्तै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीेले यो पटकको कार्यक्रम पछि पत्रकार र लोक दोहोरी क्षेत्र बिचको सम्बन्ध सांघुरीने बिश्वास गरे ।