प्रियंका र प्रदिपको ‘मन हावा सरी’ उड्दै ! (भिडियो हेर्नुस)

काठमाडौँ- बर्ष कै प्रतिक्षित् चलचित्र ‘लिलिबिली’को नँया गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण ‘टिमले हावा सरी’ बोलको गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा प्रियंका र प्रदिपको जोडीलाई देखाईएको छ। टर्कीमा छायांकन गरेको उक्त गीतमा मेनुका पौडेल र एस. डी. योगीको स्वर रहेको छ भने गीतमा गायक स्वयमले संगीत भंरेका छन। गीतमा शब्द भने रंग पत्रकार दिपेन्द्र घिमिरेको रहेको छ।
चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्म्स  र सुदीप खड्का प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको चलचित्रका निर्देशक मिलन चाम्स हुन् भने निर्माता गोविन्द शाही र सुदिप खड्का हुन् यहि चैत ३० गतेबाट देशभर एकै साथ प्रदर्शनमा आउँन लागेको चलचित्रमा प्रदिप र जसितासंगै प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलर हेर्नुस: