राजेश कृष्टि स्क्याण्डल:नेपाली चलचित्र क्षेत्र कै पहिलो स्क्याण्डल

कलिउड चलचित्र क्षेत्रमा प्राय: दिनहुँ जस्तो स्क्यान्डल र गसिपहरु बनि नै रहन्छन । यो क्रम आजबाट मात्र सुरु भएको भने पक्कै होईन ।  नेपाली चलचित्र क्षेत्र र कलाकारहरुको स्क्यान्डल अहिले एकअर्काका सहयात्री जस्तै भै सकेका छन्य । यस्तो गसिपबाट नेपालका नँया देखि पुराना सबै कलाकारहरु कुनै न कुनै तरिकाबाट मुछि सकेका छन । चाहे ति करिश्मा हुन् या कृष्टि मैनाली राजेश हुन्, या रमेश उप्रेती  । आज हामी तपाईहरुलाई यस्तो एउटा स्क्यान्डलबारे जानकारी दिदै छौ । जुन संभवत नेपाली चलचित्र जगत कै पहिलो स्क्यान्डल हुन् सक्छ ।

राजेश कृष्टि स्क्यान्डल

चलचित्र ‘युग देखि युग सम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेको भनिएका महा नायक राजेश हमाल अनुबन्धित भएको पहिलो फिल्म ‘युग देखि युग सम्म’ नभएर  ‘भाग्य रेखा’ रहेको थियो ।
यो फिल्मका निर्देशक दिपक रायमाझी राजेश हमालका आफ्नै मामा थिए  । तर पनि उनले यो फिल्ममा अभिनय गर्नका लागि निकै संघर्ष गर्नु परेको थियो ।

फिल्मको शुभमुहूर्तको समयमा फिल्म नायिकाको रुपमा करिश्मा केसी(मानन्धर)रहेकी थिन  । भने प्रमुख अथितिका रुपमा परराष्ट्रिय मन्त्रि सैलेन्द्र के.उपध्याय रहेका थिए । उपध्याय फिल्मको शुभमुहूर्तको लागि समय भन्दा पहिलानै होटल पुगीसकेक्का थिए ।  भने फिल्मका नायक राजेश हमाल १ घण्टा ढिलो आइपुगेका थिए ।

फिल्मको सुरुवाती करियरमै ढिला भएका हमाल । धेरै संघर्ष पछी पाएको फिल्ममा उनि १ घण्टा त ढिला भए नै, थप फिल्मकी नायिकाका रुपमा अनुबन्धित भएकी करिश्माले उनलाई रिजेक्ट गरिन  । र यदी नँया नायक सँग काम गर्नु परेमा दश हजार पारिश्रमिक बढाउनु पर्ने समेत माग गरेकी थिन ।

त्यस पछी उनि फिल्मबाट निस्किन  । र फिल्ममा नायिकाका रुपमा नँया नायिका कृष्टि केसी अनुबन्धित भइन  । तर फिल्मको सुटिंग सुरु हुनु अघिनै यी दुईबीच हिच्बिच बढेको हल्ला चल्यो र केहि दिन भए पछी मामा भान्जाबीच अन्बन्न भयो । र निर्देशक दीपक रायमाझीले दुवैलाई  फिल्मबाट निकाले ।  र फिल्ममा राजेशका ठाउमा रबिन्द्र खड्का र कृष्टिका ठाउमा मौसमी अनुबन्धित भइन  ।
यसरी हमाल आफ्नो पहिलो फिल्ममा अनुबन्धित हुनु पहिलानै गसिबको बिषय बनेर चर्चित भइसकेका थिए । र पछी यी दुवैले दीपक रायमाझीकै  फिल्म ‘युग देखि युग सम्म’मा डेब्यु गरे ।