आफु स्टार भएपनि छोरीलाई साधारण जीवनशैलीमा हुर्काउने रानी मुखर्जीको चाहना

बलिउड अभिनेत्री रानी मुखर्जीको फिल्म हिचकि शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
उनले फिल्मको प्रचारप्रसारको क्रममा आफ्नी दुई वर्षकी छोरी आदिरा चोपरालाई मिडिया सामु नचिनाउने बताएकी छिन ।
रानी र उनका पति आदित्यले छोरीलाई साधारण जीवनशैलीमा हुर्काउन चाहेको बताएकी छिन ।

आदिरालाई अरूले फिल्मी स्टारको छोरीका रूपमा नचिनुन  आमभारतीय बालिकाका रूपमा चिनून् भन्ने उद्देश्यले पनि मिडियामा नल्याएको र उनि ठुलो भएर जे बन्न चाहन्छिन । उनलाई सोहि बन्न दिने समेत रानीले बताएकी छिन ।