संसारकै सबै भन्दा महँगो शहर जेनेभामा सोनम कपुरको बिहे

विवाहको सिजन चले सँग-संगै २०१८ मा बलिउडका निकै अभिनेत्रीले विवाह गर्दैछन । भन्ने खबर एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । यसै क्रममा अब बलिउडकी अर्की चर्चित अभिनेत्री सोनम कपुरले विवाह गर्ने भएकी छिन ।

उनले आफ्नो निकैनै मिल्ने साथी तथा ब्वाईफ्रेन्ड आनन्द आहुजासँग बिहे गर्ने भएकी छिन । आनन्द फेसन ब्राण्ड भानेका मालिक हुन् । भारतीय मिडिया अनुसार, उनीहरूको विवाह ११ र १२ मेमा जेनेभामा हुने तय भएको छ ।

सोनामको पिताले उनीहरको विवाहको निम्तो र बिवाह र्स्थलसम्म पुग्नको लागि हवाई टिकटको पुकिंग समेत गरिरहेका छन् ।