‘रेश ३’ को सुटिङ्गको क्रममा ज्याकलिन फर्नान्डेज घाईते

बलिउड नायिका ज्याकलिन फर्नान्डेज ‘रेश ३’ को सुटिङ्गको क्रममा घाईते भएकी छिन् ।

अबुदाबीर्स्थित गत हप्तादेखि भईरहेको ‘रेश ३’ को सुटिङ्गमा एक्सन सिनहरु गर्नेक्रममा ज्याकलिनको आँखाको किनारमा निकै गहिरो चोट लागेको छ ।

रेमो डिसुजाले निर्देशित ‘रेश ३’मा सलमान र ज्याकलिनका अलावा अनिल कपूर, बबी देओल, सकिब सलिम, डेजी शाहको अभिनय रहेको छ ।
फिल्म इदबाट प्रर्दशनमा आउनेछ ।