श्रीदेविको कारण २० बर्षपछी एकसाथ माधुरी दीक्षित र संजय दत्त

फिल्म खल्नायकपछी माधुरी दीक्षित र संजय दत्त फेरी कहिलै एकसाथ देखा परेनन् । तर २० बर्षपछी नै सही, यो जोडी फेरी एक पटक सिनेमाको रंगिन पर्दामा एकसाथ देखिने भएका छन् ।
पछिल्लो समयमा “मम” फिल्म को सफलतापछि ‘चांदनी’ उपनाम पाएकी दिवंगत अभिनेत्री श्रीदेवी अभिषेक बर्मनको आगामी फिल्म ‘शिद्दत’ मा काम गर्नका लागि निकै उत्साहित थिइन् । तर अप्रयात्सित उनको निधनले श्रीदेवीको त्यो चाहना पूरा हुन सकेन । श्रीदेवी को निधन पछि अब यो फिल्ममा श्रीदेवीले गर्ने भनिएको भूमिका माधुरी दीक्षितले गर्ने समाचार बाहिर आएको छ ।

श्रीदेवीकी जेठी छोरी जाह्नवी कपूरले सामाजिक सञ्जालका माध्यममार्फत माधुरी दीक्षित नै उक्त भूमिकामा देखिने पुष्टि गरेकी छिन् । दीक्षितको एक सुन्दर फोटो पोस्ट गर्दै लेखेकी छिन्, – बुवा र म यस कारणले खुशी छौं कि माधुरी जी यो सुन्दर फिल्मको हिस्सा बनेकी छिन् । ’’

अभिषेक बर्मनको यस मल्टी स्टारर फिल्ममा संजय र मधुरीका अलावा वरुण धवन, आलिया भटट्, संजय दत्त, आदित्य राय कपूर र सोनाक्षी सिन्हा पनि हुने छन् । फिल्म निर्माताले यो फिल्मका माध्यमबाट अभिनेत्रीलाई श्रद्धाञ्जली दिन चाहेको बताइएको छ । यो फिल्म भारत पाकिस्तानको सम्बन्धको बारेमा हुनेछ ।