शत्रुगतेलाई मिल्यो दर्शकको साथ, लगातारको बिदाले अझै फलिफाप

कमेडि जनरामा निर्माण भएको शत्रुगतेलाई दर्शकको राम्रो साथ मिलिरहेको छ । प्रदर्शनको दोश्रो दिन सम्म आईपुग्दा दर्शकको मायाँ देखेर निर्माण टिम निकै उत्साहित देखिएको छ । शुक्रबार फिल्म हेरेका दर्शक मार्फत फैलिएको माउथ पब्लिसिटीका कारण पनि शनिवार फिल्मलाई दर्शकको साथ मिलेको अनुमान लगाउन सकिन्छ ।

शनिवार राजधानीका अधिकाँस मल्टिप्लेक्स हाउसफुल रहयो भने मोफसलमा पनि अवस्था त्यस्तै रह्यो । राजधानीको क्युएफएक्स , बिग मुभिज , बिएसआर मुभिज लगायतका हलमा कयौ दर्शकले टिकेट पाएनन् भने गोपीकृष्णमा ६ हल , अस्टनारायणको ३ वटा , गुण सिनेमाको ४ वटा हल हाउसफुल रह्यो । त्यस्तै आज परेको राम नवमि चाडका कारण शत्रुगतेका लागि सुखद पाटो बन्नेछ ।

फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकाँस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् ।