जसका लागि सलमानका बहिनीलाई छाडे, उसैले छाडिन पुलकितलाई

बलिउडका चर्चित अभिनेता पुलकित सम्राटले जुन नायिकाका अर्थात्स यामी गौतमका लागि सलमान खानकी बहिनी भनेर चिनिने श्वेता रोहिरासँग सम्बन्ध विच्छेद गरेका थिए, अहिले सोहि नायिकाबाट पुलकित टाडीएका छन् ।

भारतीय मिडिया अनुसार, पुलकितले यामीका लागि भनेरनै श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए । तर अहिले यी दुइको ब्रेकअपको खबर बाहिरिएको छ ।

पुलकितले केहि सामय पहिला एउटा कार्यक्रम स्थित एक अन्तर्वार्तामा बोल्दै उनी सिङ्गल भएको बताएका थिए । कारण के हो भनेर अहिले सम्म खुलाशा भने यी दुबैले गरेका छैनन् ।