सत्रु गतेलाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ- आजबाट देशभरका सिनेमा घरहरुबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र सत्रु गतेले पहिलो सो बाटै उत्कृष्ट प्रतिक्रिया पाएको छ। शुक्रबार बिहान काठमाडौँ स्थित कुमारी हलमा दर्शकहरुको घुईचो लागेको थियो, त्यस्तै गोपी-कृष्ण, अष्ट नारायण लगायतका हलहरुमा पनि बिहानीको सोमा दर्शकहरुको घुईचो थामी नसक्नु नै थियो, त्यस्सै गरि अधिराज्य भरिका सम्पूर्ण हलमा चलचित्रले दर्शकहरुको साथ राम्रै पाएको जानकारी पनि निर्माण टिमले दिएको छ। कुमारी हलबाट चलचित्र हेरेर निस्किएका दर्शकहरुले निर्देशक प्रदीप भट्टराई एवम कलाकारहरु हरिबंश आचार्य र दिपाश्री निरौलालाई बधाई दिदै चलचित्र राम्रो बनेको मात्र भ्याएनन निर्देशक प्रदिप भट्टराईलाई त ‘प्रदिप दाई प्रदिप दाई’ भन्दै काधमा बोकेका सम्म थिए ।
कुमारीमा बिहानी शो को अकुपेसी ८० प्रतिशत रहेको चलचित्र राजधानीका सम्पूर्ण हलहरुमा फिल्मको अकुपेसी ८५ प्रतिशत रहेको जानकारी वितरक गोपाल काजी कायस्थको छ ।
करिब १७ बर्ष पछि मह जोडीले निर्माण गरेको चलचित्रमा दिपक-दिपा, नरेन्द्र कंशकार, शिबहरि पौडेल, रमिला आचार्य, यशोदा श्रेष्ठ निर्माताका रुपमा रहेका छन भने प्रदिप भट्टराईले निर्देशन गरेका छन। हरिबंश आचार्यको कथा रहेको चलचित्रमा दिपाश्री निरौला, हरिबंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, दिपकराज गिरि, किरण के.सी., मदन कृष्ण श्रेष्ठ, शिबहरि पौडेल, बसुन्धरा भुसाल आदि कलाकारहरुको अभिनय रहेको छ।