दिपिकाले पुर्न एकपटक पारिन पछाडि प्रियंकालाई

बलिउड होस् या हलिउड यहाँ हरेक कलाकारहरु सँग एकअर्काको  प्रत्यक कुरा सँग तुलना गरिन्छ । यिनीहरुको फिल्मले पाएको सफलता असफलता देखि लिएर कलाकारहरुले लगाएका कपडा, खाएका खाना , चढेको गाडीको देखि, को भन्दा को कति सुन्दर भन्ने समेत चर्चा हुने गर्दछ ।

अहिले भने बलिउडका दुई अभिनेत्री प्रियंका र दिपिका बीच तुलना भएको छ । कारण यी दुवैको इन्स्टाग्राममा भएका फ्लोव्स । अभिनेत्री दीपिका पादुकोणले पुर्न एकपटक इन्टरनेसनल स्टार प्रियंका चोपडालाई पछाडि पारेकी छिन् । बलिउडमा पहिलोपटक घोषणा गरिएको ‘मोस्ट फलोइङ अकाउन्ट’ टाइटलको विजेता दीपिका बन्दै उनले प्रियंकालाई पछाडि परेकी छिन ।
इन्स्टाग्राममा दीपिकाको २२.४ मिलियन फलोअर्स छन् भने प्रियंकाको २२ मिलियन छन् । तेस्रो नम्बरमा भने आलिया भट्ट छिन् । मार्च २०१८ सम्ममा उनका २०.८ मिलियन फलोअर्स छन् ।