वर्षकै दोस्रो ठूलो ‘ओपनिङ’ गर्दै अजयको ‘रेड’

शुक्रबारबाट प्रर्दशनमा आएको अजय देवगन अभिनित फिल्म ‘रेड’ले वक्सअफिसमा राम्रो कमाई गरिरहेको छ ।

राज कुमार गुप्ता निर्देशित फिल्म ‘रेड’ प्रर्दशनमा आएको तीन दिनमा ४१. २५ करोड भारूको कमाइ गरेको छ । बलिउड फिल्म व्यापार विश्लेषक रमेश बालाका अनुसार, फिल्मले वर्षकै दोस्रो ठूलो ‘ओपनिङ’ गरेको छ । फिल्मले रिलिजको दिन १०.०४ करोड व्यापार गरेको छ भने दोस्रो र तेस्रो दिन क्रमश: १३.८६ तथा १७.३५ करोड भारू कमाइ गर्न सफल भएको छ ।

उनले यसलाई शानदार कमाइको संज्ञा दिएका छन् । फिल्मको प्रतिक्रिया अझै पनि राम्रो आइरहेको छ । फिल्म ८० को दशकमा घटेको केहि सत्य घटनाहरुमा आधारित रहेको छ । फिल्ममा अजयका अलावा इलियाना डिक्रुज, शौरभ शुक्लाको मुख्य अभिनय रहेको छ । फिल्मका निर्देशक राज कुमार गुप्ता हुन् ।
हेर्नुहोस ट्रेलर: