स्मृति संगै अनुराग यस्तो बनेर आयो ‘म तिम्रै हु’को म्युजिक भिडियो

नेपाली म्युजिक भिडियोको भिडमा फरक फ्लेबरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । एसीएन म्युजिकले बजार ब्यबस्थापन गरेको भिडियो लाई एसिएन म्युजिक कै अफिसिएल च्यानल बाट सार्वजनिक गरिएको छ । थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरिसकेका निर्देशक तथा मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको भिडियो अहिलेको भिडियो ट्रेन्ड भन्दा केहि फरक भने देखिएको छ । कोरिएन फ्लेबरको टेस्ट दिने यस म्युजिक भिडियोमा अनुराग संगै लिड फिमेल मोडलमा स्मृति श्रेष्ठ लाई फिचर गरिएको छ । अनुरागको निर्देशनको हिशाबले यो म्युजिक भिडियो १८ औ म्युजिक भिडियो हो । मिलन शंखरको सिनेमाटोग्राफी रहेको भिडियोमा रिच लोकेसन देखाईएको छ । ूम तिम्रै हुूँ बोलकको यस गीतमा गायक प्रेम लामाको स्वर रहेको छ । गीतमा शब्द संगीत भने सन्जिब सिंहको रहेको छ । गीत लाई सुप्रिम परजालिले सम्पादन एबम अर्जुन भुषालले कोरियोग्राफी गरेका छन ।

हेर्नुहोस भिडियो: