आँचलको तर्फबाट निर्देशकले मागे माफी ! (भिडियो हेर्नुस)

केहि दिन अघि अभिनेत्री आँचल शर्माले रंग पत्रकारसँग रिसाउदै फिल्मका बारेमा पढेर आउनुस भन्दै धम्की दिएकी थिईन। चलचित्र ‘सत्रु गते’को पत्रकार भेटघाट कार्यक्रममा पत्रकारले आँचललाई मदिरा सेवन गरेको दृश्य आयो भने चलचित्र नै खेल्दिन भन्नु भएको थियो तर ‘सत्रु गते’मा त खेल्नु भएछ नि भन्ने प्रश्न गरेकी थिईन । जुन आँचलले एउटा अन्तर्वार्तामा भनेकी पनि थिईन तर आँचलले बिर्सेकी हुन् या बिर्सेको जस्तो नाटक गरेकी हुन् जसको जवाफमा ‘ मैले त्यस्तो अन्तर्वार्ता नै दिएकी छैन र मलाई यो पनि थाहा छ कि फिल्ममा मदिरा पिएको सीन आएपनि त्यो मदिरा नभई पानी हुन्छ त्यति त थाहा होला नि तपाईलाई भन्दै रंग पत्रकारलाई बोल्न समेत दिएकी थिईनन। अभिनेत्री आँचलले मदिरा सेवन गर्ने दृश्य आए चलचित्र नै नखेल्ने भनेको अन्तवार्ता युब्त्युबमा अहिले सम्म पनि भेट्न सकिन्छ।
हालै मात्र सोही चलचित्रका निर्देशक प्रदिप भट्टराईले एउटा अन्तर्वार्तामा उनै अभिनेत्री आँचलले गरेको गल्ती प्रति माफी मागेका छन। प्रदिप भन्छन ‘आँचल अहिले परिपक्क भै न सकेको र बोल्दा होस् पुर्याउनु पर्ने र यो बानी आँचलले सुधार्नु पर्ने पनि भन्न भ्याए ।’ चलचित्र सत्रु गते भोलिबाट देशभर एकैसाथ प्रदर्शन हुदैछ।
हेर्नुस प्रदिपको अन्तर्वार्ता: