कमजोर मुटु हुनेहरुले नहेर्नुहोला ,सुनकेसरीको ट्रेलर सार्वजनिक

अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले पछिल्लो पटक निर्माण गरेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि चलचित्रले टिजर सार्वजनिक गरेर चर्चाको बिषय बनेको चलचित्रले अब भने ट्रेलर सार्वजनिक गरेको हो। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै चलचित्रका निर्माण टिमले सो सामाग्री छोडेको हो। २ मिनेट १६ ३५ लामो ट्रेलरमा ऋचा शर्मालाई डर लाग्दो भूमिकामा देखाईएको छ। अभिनेता रबिन्द्र झालाई ट्रेलर पनि समावेश गरिएको छ। झट्ट हेर्दा एउटा आत्माले बदला लिन खोजेको जस्तो लाग्ने ट्रेलर एकदमै डर लाग्दो बनेको छ ।

अर्पण थापा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा बि.जी. ईन्टरटेमेन्ट, ऋचा फिल्म्स, द पिक पिक्चर्स र थर्ड आई पिक्चरले पनि सयुक्त रुपमा सहकार्य गरेका छन। ‘सुनकेशरी’ पूर्णतया हरर जनरामा बनेको चलचित्र भनेर निर्माण टिमले पहिलेबाटै जानकारी दिदै आएको छ। चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको जानकारी अभिनेत्री तथा निर्मात्री ऋचा शर्माले दिएकी छिन्। अभिनेता अर्पण थापाको कथा, पटकथा र निर्देशन रहेको चलचित्रमा ऋचा शर्मा, भिम न्यौपाने र शर्मिला सापकोटाको लगानी रहेको छ चलचित्र यहि जेष्ठ ११ (मे २५)बाट देशभर प्रदर्शन हुदैछ।
हेर्नुहोस ट्रेलर: